जीतपुर,परवानीपुर गाउँपालिका वडा नम्बर ३ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन परवानिपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीले गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै कुर्मीले सामाजिक रुपान्तरणमा सहकारीको भूमिका अहम रहेको बताउनुभयो । पालिकाभित्रका सहकारीलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि आफूहरुले काम गरिरहेको कुर्मीको भनाई थियो ।
कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्येन्द्र ठाकुर, स्थानीय समाजसेवी नथुनी साह रौनियार, परवानीपुर गाउँपालिकाको सहकारी शाखा प्रमुख प्रमोद रौनियारलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष आनन्दप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव ओमबाबु प्रसाद यादवले गर्नुभएको थियो ।

Leave a Reply