कलैया,बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएको छ ।कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेती गरी रु १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेको जानकारी दिनुभयो ।

उत्पादित दलहनको प्रतिक्विन्टल रु १० हजारको दरले बिक्रिवितरण भइरहेको र यसवर्ष यहाँका किसानले रु १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेका उहाँले बताउनुभयो ।जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टर क्षेत्रफलमा खेती गरिएकोमा १० हजार ३ सय ५ मेट्रिकटन उत्पादन भएको कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिनुभयो । गतवर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

















