बिदुर खडका
डुमरवाना,कान्तिकारी कम्युनिष्ट पार्टी नेपालका मधेस प्रदेश ईन्चार्ज दिनेश शर्माले नेपालका संसदवादी कम्युनिष्ट पार्टीहरुले जनताको हितमा काम गर्ननसक्ने जनाउनुभएको छ ।इकृपाकर्मी बिदुर खडकासंगको एक भेटमा मधेस प्रदेशका ईन्चार्ज शर्माले सो कुरा बताउनुभएको हो ।हाल नेपालमा रहेका कम्युनिष्ट पार्टीहरु साम्राज्यवाद र विस्तारवादको दलालको रुपमा रहेको आरोप लगाउदै उहाँले साम्राज्यवादीहको दलाली गर्ने पार्टीले जनताको हित गर्न नसक्ने उहाँको भनाई छ ।

कुनै पनि पार्टी सच्चा कम्युनिष्ट पार्टी हो कि होइन भनेर जाच्ने कसी भनेको पार्टीले लिएको नीति, वर्ग संघर्षप्रति उसको धारणा र सर्वहारा वर्गको अधिनायकत्व स्वीकारेको छ कि छैन भनेर हेर्नुपर्ने उहाँको भनाई छ ।सशस्त्र कान्ति कि जनविद्रोह भन्ने जिज्ञासामा आफनो पार्टीले जनसंघर्ष र जनविद्रोहबाट सत्ता कब्जा गरि समाजवाद हुँदै साम्यवादी लक्ष्यमा पुग्ने नीति लिएको उहाँले प्रतिक्रिया दिनुभएको छ ।नेपालका ३ वटा कम्युनिष्ट पार्टीहरुबाट छुट्टिएर आएका समूह मिलेर बनेको कान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आगामी मंङ्गसिरमा एकता अधिवेशन हुने पनि शर्माले बताउनुभएको छ ।

Leave a Reply