कलैया, मेघा अस्पताल, ललितपुरमा कोभिड १९ केयर यूटिन स्थापना भएको छ । अस्पतालका संचालक हंकप्रित न्यौपानले मेघा अस्पतालमा बाराका संचारकर्मीहरुका लागि निःशुल्क उपचारको समेत ब्यवस्था मिलाइएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बारा शाखाका निबर्तमान अध्यक्ष कमल कुमार उपाध्यायको आग्रहमा जिल्लाका सबै कृयाशिल संचारकर्मीहरुलाई कोभिड भएको खण्डमा निःशुल्क उपचारको ब्यवस्था मिलाएको अस्पतालका संचालक न्यौपानले बताउनुभयो । संचालक न्यौपाने बारामा संचार उधोगीको रुपमा रहि सिमरामा एफएम संचालन गर्दै आई रहनु भएको छ ।
शुक्रबार अस्पतालका तर्फबाट डा। खगेश्वर गेलाल र स्वास्थ्य कार्यालयका तर्फबाट पुनम श्रेष्ठले हस्ताक्षर गर्दै कोभिड केयर यूनिट स्थापना गर्ने बिषय सहमति भएको हो । संझौता अनुसार मेघा अस्पताले ४० शैयाको केयर यूनिट स्थापना गरेको छ ।यसैबीच संचाकर्मीहरुका लागि उपचारको ब्यवस्था गरिदिएकोमा हंकप्रित न्यौपाने प्रति पत्रकार महासंघ बाराका निबर्तमान अध्यक्ष उपाध्यायले धन्यवाद दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here