सिम्रौनगढ, १४ साउन– बारा जिल्लाको पचरौता नगरपालिकाको वर्डा नम्बर १ पिपरपातीस्थित स्वस्थ चौकीमा स्थापना भएको बर्थिङ सेन्टरको मंगलबार उधटान गरिएको छ ।
वडा अध्यक्ष जगतनरायणप्रसाद यादवको अध्यक्षतमा भएको सो उदघाटन कार्यक्रममा पचौरता नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत प्रमोदप्रसाद याद, प्रमुख प्रसासन शाखा अधिकृत राहुल गुप्ता र नगरपालिकाका स्वास्थ संयोजक नवलप्रसाद यादव प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष यादवले बर्थिङ्ग सेन्टर अभावमा यसअघि आफनो वडाका अधिकाश गर्भवति महिलाले बच्च जन्माउने क्रममा जोखिम बेहोर्दै आउनुपरेको बताउनुभयो । अब गाउँमा घर नजिक बर्थिङ सेन्टर संचालनमा आएपछि यस्तो समस्याको अन्त्य भएको उहाँले बताउनुभयो ।
त्यसैगरी सेन्टरबाट गाँउका सबै गर्भवति र सुत्केरी महिलाले सेवा प्राप्त गर्न सक्ने उहाँको भनाइ छ । सुरक्षित बर्थिङ्ग सेन्टरको अभावमा पिपरपातीका अधिकांश महिलाले यसअघि घरमै बच्चा जन्माउने गरेकाले महिला र शीशु दुबैको स्वास्थ्य जोखिममा पर्ने गरेको थियो ।
असुरक्षित तरिकाले सुत्केरी गराइदा महिला र नवजात शीशुको स्वास्थ्य जोखिममा पर्दै आएको होे । कार्यक्रमका वक्ताहरुले सबै गर्भवतिले बर्थिङ्ग सेन्टरमा नै ल्याएर बच्चा जन्माउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा दिनेश्वरप्रसाद यादव, पिपरपाती जनपथ प्रहरीेका हवल्दार राजिव शर्मा, पिपरपाती मावि व्यवस्थापन समितिका सदस्य रामानन्द साह, वडा सदस्य चन्द्रशेखर साह, रसिक मन्सुरीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालक सुनिल कुमार साहले गर्नु भएको थियो भने कार्यक्रममा स्थानीय भद्रभलादमी, समाजसेवीहरुकोसमेत उपस्थिति रहेको थियो ।