पुष्पराज खतिवडा
मनहर्वा,श्रीमतीको हत्या गरी फरार भएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीका हरिबहादुर कार्कीलाई बारा प्रहरीले बुधबार प्रक्राउ गरी सार्वजनिक गरेको छ । पत्नी पार्वती कार्कीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गत बैशाख ९ गते राती ४५ बर्षिया पत्नी पार्वतीको हत्यापछि कार्की फरार रहेका थिए । घराँयसी विवादमा ईटाले टाउकोमा प्रहार गरी कार्कीले श्रीमति पार्वतीको हत्या गरेका थिए ।
ईलाका प्रहरी कार्यालय सिमराको टोलीले कार्कीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका कार्की उपर कर्तव्यज्यान मुद्दामा आजिवन काराबासको सजाय हुने कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम् मिश्रले बताउनुभयो ।