पचराैता नगरपालिकामा रक्तदान कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख यादव ।
सिकिन्द्र साह
सिम्राैनगढ – बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे कार्यलय बैनोलिमा नगर प्रमुख जिवन रक्षा खुला रक्त दान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख अध्यक्षता नगर प्रमुख रमेशकुमार यादव आयोजक पचरौता नगरपालिकाकाे स्वास्थ शाखा द्वरा भएको कार्यक्रममा नगर प्रमुखले बोल्दै रक्त दान जिवन दान हो एक थाेपा रगतले कसैको जिवन बाच्न सक्छ।
मानव भएर रक्त दान गर्नु नै मानवीय मुख्य गुण हाे सन्सारको सब भन्दा ठुलाे धर्म भनेकाे रक्त दान नै हो भने मन्त्बय ब्य्क्त गरेका थिए। त्यसै गरि नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र बिरगंज बाट अाएकाे टाेलि धिरेन्द्र झा बिकास बर्नवाल सन्दिप कुसवाहा विशिष्ट आतिथि किशोरी यादव रहेको थिए ।
सो कार्यक्रममा पचरौता नगरपालिकाकाे प्रसास्किय अधिकृत रेसमबहादुर सिंह लेखा प्रमुख द्वरिका चौधरी सहायक लेखापाल दिपक चौधरी शिक्षा शाखा संयोजक प्रमोद प्रसाद यादव स्वस्थ शाखाका प्रमुख नवलकिसाे प्रसाद यादव हिरा कुमारी शर्मा श्लेष यादव रामबलक यादव सन्जय यादव सचिन्द्र प्रसाद यादव सुरेस कुमार यादव दिलिप कुमार यादव मोति प्रसाद तिवारी लगायत चौहतर जनाले एक पाेका रक्त दान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here