बिदुर खडका
डुमरवाना, १३ साउन– जितपुरसिमरा उपमहानगरपालिका– १६ नेपाली काग्रेस वडा कार्य समितिका सभापति ईमानबहादुर तामाङ्गले सोमबार एक विज्ञप्ति जारी गरेर वडा नम्बर १६ का अध्यक्ष केदार बजगाई जग्गा संम्बन्धि विवादमा मुछिएकाले छानबिनको माग गर्नुभएको छ ।
सत्तासिन नेकपाका वडा कमिटीले समेत छानबिन गर्न सहज होस भनेर दवाव दिएपछि बजगाईले वडा सदस्य तुलसा मैनालीलाई कार्यबाहकको जिम्मेवारी दिएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटी सदस्यसमेत रहुनुभएका वडा अध्यक्ष बजगाईले किर्ते गरेर जग्गा नामसारी गर्न सिफारिस दिएको भन्ने विषयमा सामाजिक संञ्जाल र विभिन्न संचारमाध्यममा टिप्पणी र समाचार प्रशारण भएपछि वडा अध्यक्ष बजगाई विवादमा तानिनुभएको हो । बजगाईको बारेमा पार्टीभित्र र बाहिर पनि विभिन्न चर्चा भइरहदा नेकपाको बारा जिल्ला कमिटी भने मौन देखिएको छ ।
नेपाली काग्रेस पार्टीका वडा सभापति ईमानबाहादुर तामाङ्गले भने वडा अध्यक्ष जनमुखिन नभएर जमिनमुखी भएको आरोप लगाउनुभएको छ । कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी तुलसा मैनालीले भने पार्टीको सरसल्लाहामा नै आफु्ले कार्यबाहक सम्हालेको प्रतिकृया दिनुभएको छ ।
यता, नेकपाका बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठले भने मिडियामा आएको कुराको पछि नलागी वडा अध्यक्ष बजगाईले जारी गरेको विज्ञप्ति पनि हेर्न आग्रह गर्नुभएको छ ।
तर अर्काको नामको जग्गामा नामसारी सिफारिस गरेपछि बजगाई विवादमा तानिएका हुन । अध्यक्ष बजगाईले निजगढ नगरपालिकाका वडा नम्बर ६ स्थित स्थानीय १ दर्जन भन्दा बढी व्यक्तिको नाममा धनीपुर्जा भएको र उनीहरुले नै भोग गर्दै आएको करोडौं मुल्य पर्ने डेढ विगाहा भन्दा बढी जग्गाको प्रमाण बिना नै नामसारीमा सिफारिसपछि मालपोत कार्यालय सिमराले उक्त जग्गाको धनीपुर्जा अर्कैको नाममा बनाइदिएको थियो ।
नामसारी विवादपछि उक्त पुर्जा हाल कार्यालयले रद्द गरेको छ । वडा अध्यक्ष बजगाईले भने आफुमाथि लगाइएको आरोप निराधार भएको बताउनुभएको छ ।