कलैया, ११ साउन– अवैध गर्भबाट जन्मेपछि ईनारमा फालेर हत्या गरिएको शीशु खाल्टोमा गाढिएको अवस्थामा प्रहरीले कोल्हवी नगरपालिका १० मा फेला पारेको छ ।

 

इलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले नगरपालिका वडा नम्बर १० थस्कैल गाउँको पैनी छेउमा खाल्टो खनेर गाढिएको शव आइतबार उत्खनन गरेर निकालेको हो ।

 

शीशुको हत्या आशंकामा प्रहरीले कोल्हवी नगरपालिका ९ की एक युवति र उनका बुबालाईसमेत नियन्त्रणमा लिएको छ । युवति २३ बर्षिय अविवाहिता हुन ।

 

हत्या आशंकामा बाबु÷छोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिनुभयो । अवैध गर्भबाट जन्माएपछि कर्तुत लुकाउन दुबै जना मिलेर शीशुको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

स्थानीयकाअनुसार युवतिले ३ साताअघि स्थानीय एक क्लिनिकमा जन्माएको सो शीशु गत बुधबार राति १२ बजे घर नजिकै रहेको ईनारमा फालेका थिए । इनारको पानीमा शव उत्रिन थालेपछि भोलिपल्ट शव गाउँबाहिर खेतको पैनी छेउमा लगेर गाढिएको र प्रहरीलाई जानाकारी गराएको स्थानीयले बनाएका छन ।

 

२ जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभयो ।

Leave a Reply