भारतीय समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको सोमबार गुरुग्राममा निधन भएको छ।
समाजवादी पार्टीले आफ्नो ट्वीटर ह्यान्डलमा यो जानकारी दिएको हो। उनलाई अक्टोबर २ देखि गुरुग्रामको मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो।
आइतबार मेदान्त अस्पतालले मुलायम सिंह यादवको स्वास्थ्य अवस्था नाजुक रहेको र जीवन बचाउने औषधि खुवाइएको जानकारी दिएको थियो।
उनको निधनको खबर आएपछि सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरूले मुलायम सिंह यादवलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।



















