निजगढ, ८ साउन– युथ अफ निजगढले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन । ग्लोबल आइएमइ बैैङ्क निजगढ शाखाको सहयोगमा भएको सो कार्यक्रममा ८ महिलासहित ५१ ले रक्तदान गरेका हुन । कोरोना भाइरस र जारी लकडाउनका कारण बिरामीहरुको उपचारको लागि देशभरका ब्लड बैङ्कमा रगत अभाव भएपछि सहजा रगत आपुर्तिकोलागि रक्तदान गरिएको युथ अफ निजगढकी अध्यक्ष गंगामाया जोसीले बताउनुभयो । उहाले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर आफुहरुले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो । युथ अफ निजगढले यसअघि पनि नगरमा रक्तदानलगायत समाजसेवाका कार्यहरु गर्दै आएको छ । रक्तदान कार्यक्रममा विरगंजस्थित ब्लड बैङ्गका प्राविधिक, कर्मचारीहरुले सहयोग उपलब्ध गराएका थिए । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित होलि एन्जल्स बोडिङ्ग स्कुल प्रङ्गणमा रक्तदान भएको हो ।

Leave a Reply