निजगढ, ३ भदौँ– मोवाइल फोनबाट धम्काएर व्यापारीसंग रकम माग गर्ने मकवानपुरका एक युवकलाई निजगढ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा गएको टोलीले मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ सरस्वती घर भएका वर्ष १८ का सुमन ढुङ्गानालाई निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवबाट बुधबार साँझ पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार ढुङ्गानाले निजगढ नगरपालिका वडा नम्बर १० लालका किराना पसले नानी लामालाई ९८४९१८०१४८ नम्बरको मोवाइल फोनबाट ५० हजार रुपैया माग गर्दै रकम नदिए परिवारमा सदस्यको ज्यानसमेत लिन सक्ने भन्दै धम्काएका थिए । लामाको पसलको सटरभित्र रकम माग गरेको पत्रसमेत छाडिएको र घटना बारे अन्यलाई खबर गरे राम्रो नहुने भन्दै गत साउन २४ गते धम्कीपुर्ण फोन आएको निरीक्षक थपलियाले जानकारी दिनुभयो ।

लामालाई धम्काउन प्रयोग भएको मोवाइल सिमकार्डको आधारमा खोजतलास गर्दै जादा फेला पारी ढुङ्गानालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here