पुष्पराज खतिवडा

मनहर्वा,नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानन्यायाधीशको बचाउ गर्नुभएको छ ।

सर्लाहीमा आयोजित कार्यक्रममा सहभागी भएर काठमाण्डौं फर्कने क्रममा बुधबार साँझ सिमरामा स्थानीय पत्रकारहरुसँग कुराकानी गर्दैै नेता नेपालले प्रधानन्यायधीशलाई जोडेर गलत प्रचार भएको भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नाता सम्बन्धलाई लिएर गलत प्रचार भएको बताउनुभयो ।

पाँच दलीय गठवन्धनको सरकार निर्माणमा न्यायलय प्रयोग नभएको भन्दै नेता नेपालले अनावश्यक बिवाद झिकिएको बताउनुभयो । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराका जेठानलाई नभएर कांग्रेसका नेतालाई प्रधानमन्त्री देउवाले मन्त्री बनाएको उहाँको भनाई थियो । ‘प्रधानमन्त्री देउवाले मेरो पार्टीको कार्यकर्ता हुन भनिरहनु भएको छ,’ उहाँले भन्नुभयो, जवरजस्ति प्रधानन्यायाधीसको कोटा भनेर प्रचार भएको छ ।’

संसदनै भएको व्यक्तिलाई मन्त्री बनाउने कुरा पहिलो नभएको नेता नेपालले बताउनुभयो । केपी ओलीले संसद बाहिरका व्यक्तिलाई मन्त्री बनाउने काम गर्न हुने हामीले नहुने भन्ने छैन ।’ ‘पहिले पनि बनाईएकै हो, उहाँले भन्नुभयो, ओलीले पनि पछि राष्ट्रिय सभा सदस्य बनाउने गरी मन्त्री बनाएका थिए ।’

नेकपा एकीकृत समाजवादी पार्टीमा जनलहर देखिएको र देशका ७४ जिल्लामा कमिटी बनेका सुनाउँदै नेता नेपालले आगामी चुनावपछि नेकपा एमालेलाई टर्चलाईटबालेर खोज्नु पर्ने बताउनुभयो । काँग्रेस, माओवादी र जसपा लगायतको पाँच दलीय गठबन्धन बलियोे रहेको र आफूहरुले पनि आगामी चुनावसम्म यो गठबन्धनलाई जोगाएर लैजान चाहेको नेता नेपालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here