पुष्पराज खतिवडा
मनहर्वा – साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको सचिव रामएकवाल चौधरीलाई पुत्रशोक परेको छ ।साना किसान कृषि सहकारी संस्था लिमिटेड हरैयाका उपाध्यक्ष समेत रहेका चौधरीका एकमात्र सन्तान २७ बर्षका सिजु चौधरीको रोजगारीका सिलसिलामा भारतको सिलीगढिमा गतसोमबार साँझ निधन भएको हो । चिकीत्सकलाई उद्रित गर्दै चौधरीले हृदयघाटबाट छोरो मृत्यु भएको बताए ।

 

एकासी कम्जोर भए जस्तो भई ढलेका सिजू दुई पटक सम्म उठेका थिए । सोमकार दिउँसो १ बजे पहिलो पटक ढलेको, २ बजे पुन ःढलेपछी साथीहरुले अस्पताल लगेछन् । डाक्टरले कम्जोरी भएको बताएपछी जुसखाँदै फर्किया उनी करिब साँढे ३ बजे अन्तीम पटक लढेका रहेछन् । तत्काल पुनः नजिकैको अस्पतात पु¥याईएका सिजु त्यसपछी भने संधैका लागि ढलेकोढलै भएको मृतकका आफन्त रामअयाध्या चौधरीले सुनाए ।

 

मृतक सिजुको बुधबार विहिन करैया गाउँपालिका १ मघुबन स्थीत घरमा शव ल्याई पसाह खोला किनारमा धार्मिक विधि अनुसार अन्त्यष्ठी गरिएको छ । पुत्र वियोगमा चौधरी परिवार विछिप्त बनेको छ । भने गाउँनै शोकमा परेको स्थानिय भुपेन्द्र चौधरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here