कृष्ण मोहन साह

सेढवा –  पर्सको जिराभवानी गाउँपालिकाबाट बन गस्ती टोलिले बुधबार  बिहान पाच थान सालको गोलिया काठ सहित पाँच वटा साइकल पक्राउ गरेको छ । सेक्टर बन कार्यालय बसन्तपुरबाट सुपेदार प्रदिप तिमल्सिनाको नेतृत्वमा गएको गस्ती टोलि बुधबार  बिहान पाच बजेको समयमा जिराभवानी गाउँपालिका वडा  नम्बर ५ सन्कर सरैयाको सुगिभार मन्दिर नजिकको जङ्गल क्षेत्रबाट सालको रुख कटान गरि ल्याउदै गरेको अवस्थामा पाच थान सालको गोलिया काठ सहित साइकल पक्राउ गरेको हो ।

 

 

 

बन गस्ती टोलिलाइ देख्नेबित्तिकै तस्करहरुले काठ र साइकल छोडेर भागेकोले पक्राउ गर्न नसकिएको बन गस्ती टोलिले दाबी गरेको छ । पक्राउ गरिएको काठ र साइकललाइ आवश्यक कार्वाहीको लागी सेक्टर बन कार्यालय बसन्तपुरमा राखिएको र काठ तस्करहरुको खोजी भैरहेको सेक्टर बन कार्यालय बसन्तपुरका रेन्जर सुमन पाण्डेले जानकारी दिए ।

Leave a Reply