हेटौंडा – हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखा परेको छ । स्वास्स्थ्य तथा जनसख्या मन्त्रालयले बुधबार  पत्रकार सम्मेलन गर्दै आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

 

 

हेटौंडाको कीटजन्य रोग तथा अनुसंधान केन्द्रमा स्वाब परिक्षण गरिएका आठ जनामा कोरोना भाइरस पुष्टि भएको हो । उनीहरु कुन जिल्लाको भन्ने अझै खुलेको छैन । हेटौंडामा मकवानपुर सहितका तराइका जिल्लाबाट कोरोना भाइरस परिक्षणका लागि ल्याउने गरिएको छ ।

 

 

 

यसैगरी आज थप ११४ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here