निजगढ,९ औं राष्ट्रिय खेलकुदका लागि नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाराले जिल्ला स्तरीय खेलाडी छनौट सम्पन्न गरेको छ ।
मधेस प्रदेश स्तरीय छनौटमा सहभागी गराउन जिल्लाबाट खेलाडी छनौट गरिएको हो । निजगढमा सम्पन्न छनौट खेलबाट पुरुषतर्फ आठ र महिलातर्फ आठ खेलाडी छनौट भएका छन् ।
छनौट हुनेमा दिनेश तामाङ्ग, श्यामबहादुर अधिकारी, बिटुकुमार शाह, दिनेशकुमार मण्डल, अर्जुन साह, निशान कलवार, पवनकुमार श्रेष्ठ, अमितकुमार साह रहेका छन् । यसैगरी महिलातर्फ सम्झना पाख्रिन, मनिषा वाईवा, सानु लामा, योङजा लामा योञ्जन, प्रतिमा अधिकारी, अनिशा कार्की, लिला श्रेष्ठ र पार्वती बस्नेत रहेका छन ।
छनौट प्रतियोगिताबाट पुम्सेतर्फ पुरुषमा बर्षात मोक्तान, जेम्स बिक र महिलामा एलिशा अर्जेल छानिएका छन् । जिल्लाबाट छनौट भएका खेलाडीले भदौ २७ देखि ३० गतेसम्म बर्दिबासमा हुने प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रदेशबाट छानिएका खेलाडीले असोज २८ गतेदेखि कार्तिक ३० गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलमा सहभागिता जनाउन सक्नेछन् ।
प्रदेश स्तरीय छनौटबाट विभिन्न २२ तौल समूहमा खेलाडी छनौट हुने तेक्वान्दो प्रतिक्षक हेमलाल श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी राष्ट्रिय खेलकुदको लागि रौतहटमा विभिन्न खेलका खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ ।
गण्डकी प्रदेशमा हुने ९औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मार्शलआर्ट खेल तर्फको जिल्ला स्तरीय खेलाडी छनौटको बिहिबार चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजयकुमार काफ्लेले उद्धाटन गर्नुभएको छ ।
चन्द्रनिगाहपुरस्थित सितोरियो करांते कवर्डहलमा एक कार्यक्रमका बीच नगर प्रमुख काफ्लेले खेल सामग्री हस्तान्तरण गर्दै खेलको उद्धाटन गर्नुभएको हो । जिल्लाबाट छनौट भएर जाने खेलाडीहरुले मधेश प्रदेश स्तरीय खेलमा विजयी भएपछि पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पांउने छन् ।
बिहिबार भएको कराते छनौट प्रतियोगितामा हिमान्सु मगर, एलन श्रेष्ठ, कुसल बस्नेत, भिम पहरी, रचना पाण्डे, सानुमाया दोङ, रोजना राई, पाल्मो स्याङतान, प्रतीक्षा तामाङ लगायतका खेलाडी छनौट भएकाछन् ।

















