नरेश गुप्ता
बरियारपुर – बाराको सदरमुकाम कलैया स्थित रहेको जिल्ला अस्पतालले कोरोना भाईरस बाट बच्न समान्य स्वास्थ सतर्कता अपनाईएको छ । कलैया अस्पतालमा ओ पि डि सेवा ,प्रस्तुति सेवा लागि आउने सेवाग्राहीहरुको हात समान्य किसिमको साबुन पानीले धोएर सेवाको लागि भित्र पठाईने ब्यवस्था गरिएको भएपनी धेरै जसोले जानकारी नभएर भित्र जाने सेवा लिने गरिएको छ ।
महामारीको रुपमा कोरोना कोभिड १९ ले विश्व भरी फैलिदै गएको अवस्थामा कलैया अस्पतालले त्यसको ब्यवस्थापन र सतर्कता खासै तयारी नगरेको अवस्था रहेको छ । धेरै भिड्भाड हुने कलैया अस्पतालमा सेवाग्राहीहरुलाई ब्यवस्थित रुपमा सेवा नपाएको अवस्था रहेको सेवाग्राहीहरुले बताएका छन । कलैया अस्पतालले कोरोना भाईरस बाट बच्न संक्रमितको करेन्टटाईम , आईसोलेसन ,मास्क आदिको ब्यवथा गरिएको छैन ।
कलैया अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रामनारायण मण्डल संग सम्पर्क गर्दा वहाँ आफै ब्यस्त रहेको प्रतिक्रिया दिनु भयो । बाराको एक मात्र जिल्ला अस्पतालमा कोरोना भाईरस संग लडन प्रारम्भिक अवस्थाको सेवा सुबिधा समेत सेवाग्राहीले पाउन नसकेको अवस्था रहेको छ । त्यसैगरी कलैया उपमहानगरपालिकाले समेत कलैया लगायत २७ वटै वडामा अवस्थित स्वास्थ केन्द्रहरुमा कोरोना भाईरस बाट वचन प्रचार प्रसार गरिएको छैन ।
महामारीको रुपमा जुन सुकै बेला पनि आउन सक्ने संभावनाको लागि पुर्व स्वास्थ सतर्कता अपनाईएको छैन । कलैया उपमहानगरपालिकाको स्वास्थ शाखा प्रमुख प्रेमचन्द्र जैसवालले कोरोना भाईरसको महामारी बाट वचन कलैया उपमहानगरपालिकाले प्रचार प्रसार ,मास्क को लागि १ लाख २५ हजार रकम मात्र २७ वटा वडाको लागि छुटियाईएको त्यो पनि बोर्डमा पारित भएपछी हामी स्वास्थ सतर्कताको लागि चिकित्सक त्यस तर्फ पठाउने बताउनु भयो ।
बाराको १६ स्थानीय तह लगायत जिल्ला अस्पताल कलैयाले कोरोना भाईरस बाट वचन समान्य रुपमा स्वास्थ सतर्कता अपनाईएकोले स्थानियबांसिहरुमा कोरोना भाईरसले गर्दा डर त्रास उत्तिकै बढेको देखिन्छ ।