निजगढ, २६ साउन– गौरीशंकर फाउण्डेशन व्याच ०५७ ले आइतबार निजगढमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १४ जनाले रगत दान गरेका छन । निजगढस्थित पार्टी प्यालेसमा भएको सो रक्तदान कार्यक्रममा १९ जना महिलासहितले रक्तदान गर्नुभएको हो ।

कोभिड १९ माहामारीका कारण ब्लड बैङ्गहरुमा रगतको अभाव हुन थालेपछि रगतको जाहो गरेर बिरामीको ज्यान बचाउन फाउण्डेशनले रक्तदान कार्यक्रमको अयोजना गरेको फाउण्डेशनका अध्यक्ष खडक प्रसाद मैनालीले बताउनुभयो ।

फाउण्डेशनका सदस्यसहित स्थानीय युवा, समाजसेवी तथा सर्वसाधारणले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा रक्तदाताहरुलाई निजगढ नगरपालिका प्रमुख सुरेश खनालले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयबाट २०५७ सालको व्याचमा एसएलसी दिएका विद्यार्थीहरुले फाउण्डेशन गठन गरेर सामाज सेवाका विभिन्न गतिविधि संचालन गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here