कृष्ण मोहन साह
सेढवा – जिल्लाका सबै सुरक्षा निकायहरुको ध्यान कोरोना भाइरस रोकथाम नियन्त्रणमा लागिरहेको मौका छोपी जंगली जनावरको सिकार गर्ने गिरोह सक्रिय भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जबाट पानी र चरिचरनको लागि राष्ट्रिय बन र बनसँग सिमा जोडिएका गाउँ नजिकको खेतबारीमा आएका जंगली जनावरलाई सिकार मार्ने गिरोह आफ्नो नियन्त्रणमा लिएर खाने गरेका छन् ।
कतिपय स्थानमा सिकारीहरुले भरुवा बन्दुक र पासोको प्रयोग गरेर पनि जनावरलाइ पक्रिने गरेको स्थानीयको भनाइ छ । विशेषगरि पर्साको राष्ट्रिय बनजंगल र राष्ट्रिय निकुञ्ज संग सिमा जोडिएको बस्तीहरुमा जंगली जिव जनावरको तस्करी गरि गुप चुप रुपमा हरिण र बदेलको जंगलबाट रातको समयमा कृषकको खेतमा आएको जनावरहरुको बेला सिकारीहरुको सिकार बनेगरेको छ । गाउँ बस्तीमा मारेर ल्याई मासु भागबन्डा गरि मासु खाने र बेच्ने गरेको रहस्य खुलन आएको स्थानीय समाजसेवी अगुवाहरुको भनाई रहेको छ ।
विश्वरभर फैलिएको कोरोना भाईरसको मौका छोपी तस्करहरु अहिले सक्रिय भएका छन् । स्थानीय राष्ट्रिय निकुञ्ज कर्मचारी,बन कर्मचारी साथै नेपाल प्रहरी सशस्त्र प्रहरीको निसक्रयताले तस्करको मनोबल बढेको स्थानीयको भनाई छ। विशेषगरी पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा न १ खजुरिया, अकवनिया, सिद्धपुर, सखुवनिया, औराहाँ, सथवाल रहेकाे छ । त्यसैगरी पर्सागढी नगरपालिकाको वडा न ३ झबराहाँ, बढनियार तमाङ्गटोल, वडा १ कोईलाभार, मनवा, वडा २ पटनी, पसुपती नगर, भटनी, झोङगड, कटानी रहेकाे छ ।
साथै पटेर्वा सुगौली गाउँपालिलाको वडा २ रंगपुर, बंकुल, चाफी, थरघटी, सिरही, वडा १ रामभौडी भाठ, जिराभवनी गाउँपालिला वडा न ५ सखुवनिया, हरैया, ठोरी गाउँपालीकाको सुबर्णपुर, बगमोरचा लगाएत स्थानहरुमा जंगली जीउ जनावरको तस्कर तथा मासु बनाएर सुकटी समेत गोप्यरुपमा बेचविखन हुने गरेको समाचार स्रोतको दाबी रहेको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको सुनाखरी मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष देवि प्रसाद दहालले भने आफुहरुले निकुञ्जका सुरक्षार्थ खटिएका सेनाको सहयोगमा दिन रात गस्ती गर्ने गरेको र बेलाबेलामा जनावरको सकुसल उदार गरिएको र मृत अवस्थामा भेटिएको जनावरलाई गाडिएको र सिकारीलाई पनि पक्राउ गरिएको जानकारी दिदै आम जनतालाइ पनि जंगली जनावरको चोरी तस्करीमा सन्लगन रहेको व्यक्तिको बारेमा स्थानीय प्रशासन निकुञ्ज र बन कर्मचारीलाई खबर गरि चोरी सिकार नियन्त्रणगर्ने अभियानमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
तर पर्सा राष्ट्रिय निकुञ्ज अधाभारको सहायक संरक्षण अधिकृत एव सुचना अधिकारी असोग रामका अनुसार आफुहरुले प्राप्त सूचना अनुसार गस्ती तथा करवाही प्रक्रियामा समेत अगाडि बढाईएको अवस्था हो । विगत दिनमा समेत जिउ जनावर तस्करी तथा बेचविखन मा सङलगन लाई मुदा चलाईएको बताए । जनावरको बाचने पाउने अधिकार रहेको तापनी आन्तरिक तथा बाहिरी पर्यटकको लागि सौर्न्दर्यता को समेत माथी आक्रमण गर्ने जोकोही लाई पनि करवाही गर्ने बताए ।