नरेश गुप्ता

बरियारपुर – बाराको पचरौता नगरपालिका  १  पिपरपाती स्थित एक पुरुषमा  थप कोरोनाको संक्रमण भेटिएको छ । यो संगै बारामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

 

 

बाराको कलैया  अस्पतालमा  एक जना प्रहरी  जवान , एक जना पत्रकार  र पचरौताबाट बिहीवार ल्याईएको पुरुषको आईसोलेसनमा उपचार भैइरहेको बाराको प्रहरी  प्रवक्ता  गौतम मिश्रले  जानकारी दिए । पचरौता नपा १ निवासी  पुरुष  भारतबाट आएको  र उनी कोरोना पोजेटिभ रहेको पुष्टि भएको  कलैया  अस्पताल  श्रोतले जनाएको छ ।

 

 

बाराको सिमावर्ती क्षेत्र पचरौता निवासी  संक्रमित ब्यक्तिको सम्पर्कमा  आएको सबैलाई क्वारेन्टाइन  गरिने  प्रहरी  प्रवक्ता   मिश्रले  बताए  । बाराको विभिन्न  स्थानीय तहमा बनाईएको क्वारेन्टाइनमा बिहीवार  सम्म   ४१५ जनालाई  क्वारेन्टाइनमा राखिएको छ ।

 

 

 

छिमेकी देश भारतबाट  नेपाल  आउने मजदुरहरुलाई  सिमार्वती क्षेत्रमा बढी निगरानी  गरिएको  छ ।  कोरोना कोभिड १९ को रोकथामको लागि  जिल्ला  प्रशासन  कार्यालय बाराले जेठ  २० गते सम्मको लागि सिमा क्षेत्रमा  आवतजावतमा  निशेधज्ञा जारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here