राजन कुमार बानिया
पोखरिया – रौतहट जिल्लाको कटहरियामा रहेको
डिप्राेक्स लधुवित्त वित्तिय संस्था शाखा कार्यालय कटहरियाले बिहीबार एक कार्यक्रम बिच कटहरियामा रहेको क्वारेन्टाइनमा तीस हजार बराबरको राहत स्वरुप बासमती चामल र नुहाउने डिटवल साबुन समेत बितरण गरेका छन् ।

 

 

कटहरियामा रहेको डिप्रोक्स लधुवित वितिय संस्था शाखा कार्यालयका प्रबन्धक बैजु दासले कटहरिया नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्तालाई १८ बोरा बासमती चामल र ३० वटा साबुन हस्तान्तरण गरेका छन् ।

 

 

 

कार्यक्रममा लकडाउनको मध्यनजर गरि तीन फिटको दुरी कायम गरि १८ बोरा बासमती चामल  र ३० थान नहाउने डिटवल साबुन राहत हस्तान्तरण गर्दै शाखाका प्रबन्धक दासले भने संस्थाले दिएको राहतबाट कटहरिया वडा नम्बर ५ मा रहेको श्री जनता उच्च माध्यमिक बिधालय कटहरिया क्वरेन्टाईनमा रहेकोलाई सहयाेग पुग्ने बताए ।

 

 

 

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट रोकथामको लागि सरकारले गरेको लकडाउनको पालना गर्नु र घर भित्र बस्न, बाहिर जादा माक्स लगाउने , ३ फिटको दुरी बनाउन, साबुन पानीले हाथधुने आग्रह समेत गर्दै जनचेतना समेत शाखाका प्रबन्धक दासले दिएका छन् ।

 

 

 

लकडाउनको सम्यमा भारत र खाडिमुलुकबाट आउनेहरुलाई पहिचान गरि सुरक्षित क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेका छन् । यस्ता बिपतीको समयमा अरु संघ संस्था लगायत अन्यहरुलाई सहयोग गरि दिन आग्रह समेत गरे ।

 

 

 

 

डिप्रोक्स लधुविति बितिय संस्था लिमिटेड शाखा कार्यालय कटहरियाले अगामी दिनमा समेत सहयोग गरिने शाखा प्रबन्धक दासले जनाएका छन् । राहत बितरण कार्यक्रममा डिप्रोक्स बैंक संस्थाका प्रबन्धक बैजु दास, वडा अध्यक्ष  सर्फलाल प्रसाद गुप्ता , बैकका लेखापाल ईन्द्रनारायण यादव, कर्मचारीहरु जयराम यादव, गजेन्द्र कुमार साह, रहमदिन अंसारी, बिनोद चौधरी, नरभुषाल यादव,  स्थानिय राजकुमार तिवारी , दुर्गा साह समेतको सहभागीता रहेको थियोे ।

Leave a Reply