स्वास्थ्यका दृष्टिकोणले मदिरा हानिकारक मानिन्छ । तैपनि मदिरा सेवन गर्नेहरुको संख्या समाजमा कम छैन । मुख्यतः चिकित्सकहरुले जथाभावी मदिराको सेवन नगर्न सुझाव दिने गर्दछन् ।मानिसकहरु आफ्नो स्वास्थ्यको समेत ख्याल नगरेर मदिराको सेवन गर्ने गर्दछन् । मदिरा सेवन गर्ने लत नै छ भने पनि यसको विधि भएको चिकित्सकहरुले बताउने गरेका छन् । जथाभावीको मदिरा सेवनले केहीमा र कसैलाई पनि फाइदा छैन ।

यो कुराको विषयमा धेरैजसो मानिस जानकार भएपछि मदिरा सेवन छाडेको देखिदैन । अझै चाडवार्ड र बाहना नै हुने गर्दछ । यस्तोमा सरकारले भने मदिराको बिक्री वितरणमा कडाइ गर्देछ । खासगरी कम्तीमा फागुन २१ ग्तेसम्मका लागि सरकारले यो आदेश दिएको छ र मदिरा सेवनमा कडाइ गर्दैछ तर मदिराको बढी खपत भने यही समयमा बढी भएको पनि देखिन्छ । हरेक समय चुनाव आउछ, सरकारले कडाइ गर्छ तर मदिरा खपत उत्तिकै भइरहेको देखिन्छ ।
फेरि कतिपय समुदायमा मदिरालाई सगुनको रुपमा पनि लिने गरिन्छ अब यस्तोमा मदिरा नियन्त्रणको संभावना त आफ्नो ठाउँ नै रहला तैपनि जथाभावी सेवन चैं जहिले पनि घातक हो । फेरि यो पटकको कुरा गर्ने हो भने चुनाव मात्र आएको छैन, होली पर्व पनि आएको छ ।
तराई मधेशमा त होली पर्वलाई धुमधामका साथ मनाउने गरिन्छ । अनि यस्तोमा कसरी मदिराको बिक्री वितरण र सेवनलाई समेत नियन्त्रण गर्ने भन्ने चुनौती छ । यस्तो अवस्थामा सरकारको फरमानले कत्ति काम गर्छ हेरौं ।















