मिटर व्याजीको नाममा प्रहरीको ज्यादतती गरेको भन्दै अंश भन्ने व्यक्ति निरजका बाबु मोतीलाल प्रसाद गुप्ता ।

दुष्यन्त चौधरी

मिटर व्याजीको नाममा प्रहरीको ज्यादतती गरेको भन्दै अंश भन्ने व्यक्ति निरजका बाबु मोतीलाल प्रसाद गुप्ता ।

कलैया –  नेपाल सरकारले मिटर व्याजी सम्बन्धि
अध्यादेश ल्याएर कार्वाही गर्न थालेपछि संलग्न नै नभएको व्यक्तिलाई बाराका प्रहरीले समाउने गरेको रहस्य बाहिरिएको छ । घटना हो , बारा जिल्ला महागढीमाई – १० गंजभवानीपुरको ।

पछिल्लो समयमा ‘मिटर ब्याज’ को अवैध धन्दाको कारोबार सरकारी निकायले नियन्त्रण गर्न अध्यादेश पारित भएपछि प्रहरी , प्रशासनलाई कमाई खाने धन्दा भएको जानकारी प्राप्त भएको छ । जसको ज्वलन्त उदाहरण हो महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुर बसने अंश साह भन्ने व्यक्ति निरजलाई बाराका प्रहरीले मिटर व्याजीमा संलग्न नै नभएको व्यक्तिलाई समाउनु ।

अंश साह भन्ने व्यक्ति निरजका बाबु मोतीलाल प्रसाद गुप्ताका अनुसार महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुर बस्ने रामाधार साह कानुले मेरो छोरी निशाकुमारी साहसँग ६ लाखको कपाली तमसुक गरि रकम लियो । तर छोरी साहलाई मिटर व्याजी हो भनी कानुले उजुरी दिए पछि छोरीलाई प्रहरीले नसमाई मेरो छ‍ोरा संलग्न नै नभएको अंश भन्ने निरजलाई समायो ।

छोरी साहसँग कानुले ६ लाखको कपाली तमसुक गरि कारोबार गरेको हो । उजुरीकर्ता कानुले २०७५ श्रावण ३१ गते कपाली गरेर रकम लिएको हो । तर उजुरीकर्ता कानुले प्रहरीलाई विभिन्न प्रलोभनमा पारी संलग्न नै नभएको मेरो छोरा अंश साह भन्ने व्यक्ति निरजलाई प्रहरीले पक्राउ गरि ल्याएको आरोप लगाउनुभयो । प्रहरीले पक्राउ गरेको अंश भन्ने व्यक्ति निरजका बाबु साहले शुक्रबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय बाराले गरेको ज्यादतीको बारेमा जानकारी दिनुभयो ।

पक्राउ परेको साहका बाबुले थप्दै भन्नुभयो , छोरीसँग कपालीगरी लिएको रकम पटक पटक ताकेता गरि माग्दा नदिएकोले जिल्ला अदालत बारामा हामीले मुद्दा दिएका थियौं । मुद्दा हामीले जित्यौं , तर सरकारले पछिल्लो समयमा मिटर व्याजी विरुद्ध अध्यादेश ल्याएपछि केहि प्रहरी प्रशासनको दलालको कुरामा लागेर कानुले मेरो छोरीले दिएको रकम पचाउन लागेको बताउनुभयो । र कानुले मिटर व्याजी हो भनी उजुरी दिनुभयो । तर कानुले गरेको कपालीको विषयमा अदालतले हाम्रो पक्षमा फैसला समेत गरिसकेको सुनाउनुभयो ।

कम लगानी गरेर छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिममा समेत उच्च दरमा बृद्धि हुँदै गएको छ । सो अबैध धन्दालाई नियन्त्रण गर्न सरकारी निकायबाट नेपाल प्रहरी प्रशासनलाई नै निर्देशन दिने गरिए पनि वास्तविक मिटर व्याजीलाई नसमाई सर्वसाधारण सोझा व्यपारीलाई मानसिक तथा आर्थिक तनाव दिने नियतले पक्राउ गर्ने गरेको आरोप पक्राउ परेको साहका बाबुले लगाउनुभयो ।

एकजनाले नाम नछाप्ने शर्तमा भन्नुभयो , ‘मिटर ब्याज’ को अवैध धन्दा रोक्ने पहिलो काम नेपाल प्रहरी प्रशासनको हो । तर, केही प्रहरीका अधिकारीहरु नै ‘मिटर ब्याजी ` को संरक्षण गरेर अवैध धन्दामा संग्लन भएको दाबी गर्नुभयो ।

प्रहरीको संरक्षण नहुने हो भने धेरै मिटर ब्याजीहरुको धन्दा रोकिन्छ तर सो कार्यमा प्रहरीनै संलग्न भएकाले मिटर व्याजी धन्दाले उग्ररुप लिन पुगेको आरोप समेत लागेको छ ।

Leave a Reply