सिकिन्द्र साह
सिम्राैनगढ – बाराकाे सिम्रौनगढ नगरपालिकाकाे वडा नम्बर १० देवापुर टेटा स्वास्थ्य चौकिको इन्चार्ज रामचन्द्र यादव लगायतका स्वास्थ्य कर्मचारी रत्न कुमार झा , पुस्पा कर्णे , संगिता साह , मुक्ति प्रसाद यादव , पपु कुमार , सुरेन्द्र साह , रजलि देवी पासवानलाइ एक कार्यक्रमबिच सम्मान गरेका छन् । बुधबार गाबिस पुर्ब अध्यक्ष महाबिर साह कानु , वडा सदस्य रफिक हवारि , स्वास्थ्यकर्मचारीहरुलाई समाजिक दुरि कायम गरि फुल माला लगाएर सम्मान गरेका थिए ।
बिश्व भरि फैलिएको महामारीको रूपमा काेरेना भाइरस तथा लकडाउनकाे कारणले गर्दा गाउँका सबै ब्यक्तीले आ- आफ्नो घरमा बसेकाे अवस्थामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर थर्मन गनकाे सहायताले चेक जाँच तथा औषधी बितरण कार्य देखि लिएर रात्रि कालिन अवस्थामा क्वारेन्टाइनमा बस्ने सेवा दिइरहेको कार्य देखेर गाबिस पुर्ब अध्यक्ष तथा जनप्रतिनिधिले प्रोत्साहन स्वरुप फुलकाे माला लगाएर सम्मान दिएका थिए ।
समाजिक दुरि कायम गरि आफ्नो घरको सदस्य सरह घरमै गएर स्वस्थ स्थिती अनुगमन कार्य प्रति गाउका भद्रभलादमि तथा बुद्धिजीवी बृजकिशाेर साह र लखिन्द्र पासवान नवल पडितले स्वस्थको क्रमचारी प्रति खुशी व्यक्त गरेका थिए ।