यतिबेला विश्व नै अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लडिरहेको छ । कोरोनाबाट बचाउनका लागि सरकारले लकडाउन घोषणा गरेको ४२ दिन पुगेको छ । यस अवधिमा नेपालमा ७५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये १६ जना उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् । विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा फैलन क्रम जारी छ । हालसम्म २ लाख ४५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाबाट बच्न लकडाउनको विकल्प छैन । सरकारले पनि आफ्नो स्रोत र साधन परिचालन गरेर काम त गरिरहेको छ ।

 

 

तर, जुन गतिमा काम गर्नुपर्ने थियो त्यो अनुरूप हुन सकेको छैन । सत्तारूढ दल नेकपाभित्रको आन्तरिक किचलोको कारण सरकार आधा महिना अलमलमै रह्यो ।औषधि समयमा खरिद गरेर ल्याउन नसक्नु सरकारको कमजोरी देखिन्छ । कोरोनाविरुद्ध लड्नबाहेक सरकारसँग अरू एजेन्डा नहुनुपर्ने थियो । तर, विडम्बना सत्तारूढ दलभित्रकै किचलोका कारण सत्तामा ध्यान दिँदा तत्काल गर्नुपर्ने कामहहरू केही ओझेलमा परेको छ । सरकारले कोरोना संक्रमित भए÷नभएको पुष्टि गर्न अगाडि बढाएको ¥यापिड टेस्टको काम पनि प्रभावकारीरूपमा अगाडि बढ्न सकेको देखिँदैन ।

 

 

 

तीव्र गतिमा हुनुपर्ने परीक्षणको काम सुस्त गतिमा अगाडि बढेको छ । ¥यापिड टेस्टलाई विश्वसनीय ढंगले अगाडि बढाउनुपर्ने भए पनि कतिपय घटनामा टेस्टमा नेगेटिभ देखिएका व्यक्तिलाई पनि प्रयोगशालामा टेस्ट गर्दा पोजेटिभ देखिएका घटनासमेत सार्वजनिक भएका छन् । सरकारले यस्तो संवेनशील विषयमा ध्यान किन दिन सकिरहेको छैन । यति बेला सरकारलाई कोरोनाविरुद्ध लड्नका लागि बजेटको अभाव छैन । आवश्यकता पर्दा विकास निर्माणमा खर्च हुन नसकेको बजेटलाई समेत रकमान्तर गरेर खर्च गर्न सक्ने अवस्था छ । तर पनि औषधि र स्वास्थ्य सामग्री खरिद प्रक्रियामा देखिएको अलमल र ढिलासुस्तीले सरकार आफैं अलमलमा परेको छ ।

Leave a Reply