सिमरा,
स्थापना दिवसको अवसरमा सिमरा जेसीजले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । करिब पाँच वर्षअगाडि स्थापना भएको सिमरा जेसीजले अभिमुखीकरण, दीप प्रज्वलनलगायतको कार्यक्रम सम्पन्न गरेको हो ।सिमरामा आयोजित अभिमुखीकरण कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष शालिकराम अधिकारीले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा सिमरा जेसीसका पूर्वअध्यक्ष, पदाधिकारी, सल्लाहकारलगायतको सहभागिता रहेको थियो ।स्थापना दिवसकै अवसरमा जेसीजले नेपाल टेलिकम नजिक विश्रामस्थलमा दीप प्रज्ज्वलन गरेको छ भने एसपीईएस स्कुल नजिक मार्ग निर्देश गर्ने सूचना बोर्ड राखेको छ ।

Leave a Reply