निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ र ६ स्थित जनहित सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चण्डिका पुलामी मगर सर्वसम्मत चयन हुनुभएको छ । वन समुहको शनिवार भएको साधारण सभाको बैठकले पुलामीसहित ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।निर्वाचन मण्डलका अध्यक्ष एवंम डिभिजन वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासका अनुसार समूहको उपाध्यक्षमा नेत्रकुमारी थापा, सचिवमा उत्तरबहादुर पुलामी, सहसचिवमा चन्द्रबहादुर न्यौपाने, कोषाध्यक्षमा सृजना वाइवा र सदस्यहरुमा संजोग लम्साल, ज्योतिमाया रुम्बा, रामबहादुर माझी, रेणुका पुलामी, दिपा खुलाल, सीता माझी चुनिनुभएको छ ।कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा, सामुदायिक वन उपभोक्ता महासंघ बारा अध्यक्ष रामजीप्रसाद बजगाई, निजगढ नगरपाकिलाका पूर्वनगर प्रमुख सुरेश खनाल, वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, वडा सदस्य दिलबहादुर पुलामी, नेपाल रेडक्रस निजगढ उपशाखा सहसचिव बासुदेव तिमल्सिना, जनसृजनशील सामुदायिक वन उपभोक्ता समुह निजगढ ६ का अध्यक्ष कुशबहादुर थापा, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ, विपद् उद्धार बेस क्याम्प निजगढका प्रहरी नायव उपरीक्षक दिनेश शर्मालगायतको उपस्थिति रहेको थियो ।यसअघि गत कार्तिक महिनामा भएको १०औं साधारण सभामा सहमति हुन नसकेपछि वन समूहको नयाँ कार्यसमितिका पदाधिकारीहरुको चयन हुनसकेको थिएन ।

Leave a Reply