प्रतिनिधि सभाका सांसदहरुले बिहीवार पद तथा गोपनियताको शपथ लिएका छन् । गत मंसिर ४ गते सम्पन्न भएको आम चुनाव मार्फत प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रर्णालीमार्फत बिजयी भएका २७५ जना सांसदहरुले बिहीवार नेपाली जनताको नाउमा शपथ खाएका हुन् । तर सपथको ब्यवहोरा फरक फरक भने रहेको थियो । कतिले आफ्नो मातृ भाषामा शपथ खाए भने कतिले राष्ट्रिय भाषामा शपथ खाए तर जसले जुन भाषामा शपथ खाएपनि उनीहरुले जनतकै हितका लागि सपथ खाएको कुरा स्पष्ट छ ।

यसपाली शपथ खानेमा केही नयाँ अनुहार पनि छन् । पुराना अनुहारले त शपथ हरेक करिब पाँच÷पाँच बर्षमा खादै आएकाले उनीहरुका लागि त्यो नौलो कुरा भएन तर नयां सांसदहरुका लागि भने केही नौलो पक्कै भयो होला । केहीले फरक हिसावले पनि शपथ खाएका छन् । जस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले भ्रष्टचार गर्नु आमाको रगत खानु सरह हो भनेका छन् । त्यसो त भ्रष्ट्रचार गर्छु भनेर कसले पो गर्ने होर ? अथवा म भ्रष्टचार हुं कसले भन्छ र ?

त्यसैले पनि जनताको पक्षमा शपथ खाएकाहरुले जनताकै पक्षमा काम गर्ने संभावना यसैपनि कम छ । केही नयाँ अनुहारले गरे भने त्यो केही आश्चार्य पक्कै हुनेछ नत्र पुरानाबाट संभव छैन । उनीहरुको आम नागरिकहरुले अनुभूति गरेकै कुरा हो । त्यसैले शपथ जनता र देशका लागि खाएकाहरुले जनबिरोधी काम नगरेहुन्थ्यो यति आश हो ।

Leave a Reply