कृष्ण मोहन साह
सेढवा – भर्पाइ अनुसार राहत माग गर्दा झडप भएको छ । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ पिडारीगुठीमा राहत वितरणका क्रममा राहत लिन गएका स्थानीय र प्रहरी बिच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा ९ जना स्थानीय घाइते भएका छन् । घाइते हुनेहरुमा मनोज साह , जयनारायण महत्तो , कृष्णा चौबे , सोनालाल पटेल , सुनिल पटेल , ललन चौबे , विन्ध्यान्चल मुखीया बिन , विनोद साह तेली र मनोज महत्तो रहेका छन् ।
घाइते मध्ये मनोज साहको हात भाच्चिएको छ । साहको सेढवामा रहेको स्वास्थ्य चौकीम उपार भइरहेको छ भने अरु ८ जनाको पिडारीगुठकै स्वास्थय चौकमीा उपचार गरिएको छ । वडा अध्यक्ष मगरु राउत गद्धीले फारममा भर्पाइ गरिएको भन्दा कम राहत सामाग्री वितरण गर्न थालेको भन्दै स्थानीयले विवाद गरेपछि झडप भएको हो । राहत वितरण भइरहेको वडा कार्यालयमा वडा अध्यक्ष गद्धीले नै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाइ बोलाएर लाठी चार्ज गर्न लगाएको आरोप स्थानीयको छ ।
झडप पछि त्यहा राहत वितरण कार्य स्थगीत गरिएको छ । राहत वितरणका लागि वडा कार्यालयले भर्पाइ गराएको फर्ममा प्रति परिवार चामल २५ केजी , आलु ५ केजी , दाल २ केजी , खाने तेल २ लिटर , प्याज २ केजी , सोयाबीन १ केजी र साबुन ४ थान वितरण गरिने भर्पाइमा उल्लेख छ । तर साेमबार वडा अध्यक्ष गद्धीले चामल २५ केजी , आलु २ किलो र प्याज आधा किलो मात्रै बाड्न थालेपछि राहत लिन गएका स्थानीयले विरोध गरे पछि विवाद भइ झडप भएको स्थानीयले जानकारी दिएका छन ।
वडा अध्यक्ष गद्धीले भने गाँउपालिकाले पठाएको राहतमा दाल नरहेको र अरु सबै सामान वितरण गरिरहेकै बेला स्थानीय केहि व्याक्तिले हुलदंगा गर्न खोजेपछि सुरक्षाकर्मीलाइ बोलाएको बताउनुभयो । विपक्षी दलका नेताहरुले राजनीतीक पुर्वाग्रह राखेर आफुलाइ बदनाम गराउन खोजेको उहाको भनाइ छ । हुलदंगा भएपछि राहत वितरण कार्य स्थगीत गरिएको वडा अध्यक्ष गद्धीले बताउनुभयो ।