नरेश गुप्ता
बरियारपुर – जिल्ला प्रहरी कार्यालय बाराको टोलिले जुवातांस खालमा छापा मारी १ जना जुवाडेलाई पक्राउ गरेको छ । महागढीमाई नगरपालिका २ स्थित भंसियाटोलमा एक स्थानीयको घरमा जुवातास भैइरहेको गोप्य सुचनाको अधारमा बारा प्रहरीले खानतलासी गर्दा महागढीमाई नपा १ निवासी बर्ष ३५ को राजु साह कानुलाई पक्राउ गरिएको बाराको प्रहरी उपरीक्षक कृष्ण पंगेनिले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाराको टोलिले शनिबार दिउँस ३ बजे जुवातांस भैइरहेको घरमा छापा मार्दा आधा दर्जन जुवाडेहरु भाग्न सफल भएको थियो । कोरोना कोभिड १९ को रोकथाम लागि नेपाल सरकारले लगाएको लक डाउनको समेत अवज्ञा गरि जुवातांस खेलाउने र खेल्ने जो कोहिलाई पनि कार्वाही गर्ने प्रहरी प्रमुख पंगेनिले बताउनु भयो ।
लक डाउनको मौका छोपी बाराको महागढीमाई ,कलैया उपमहानगरपालिका लगायतको विभिन्न वडाहरुमा करोडौंको जुवातांस भैइरहेको स्थानियले बताए । लक डाउनको बेला विभिन्न ठाउहरुमा भैइरहेको जुवातांसले चोरी ,डकैती , असुरक्षा बढने खतरा बढ्दै गएकोले स्थानिय प्रहरी को गस्ती बढाउनु आवश्यक रहेको स्थानियहरुको भनाई रहेको छ ।