बाराको निजगढ आफैमा महत्वपूर्ण शहर हो । पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ शहर व्यवस्थित भएन भने यसले बारा सहित निजगढ क्षेत्रको पनि साख खस्कने संभावना उत्तिकै हुन्छ । बाराको सदुमुकाम कलैया भएपनि जिल्लाको सबै हिसावले निजगढ पनि सदरमुकामभन्दा कम छैन । हुनत बाराको सबै शहरहरु उत्तिकै महत्वपूर्ण छन् र निजगढ पनि छ ।

पछिल्लो समय भने निजगढमा रमिता भएको छ । दुईजना कार्यकारी अधिकृत निजगढमा जागिर खान आएपछि र जनप्रतिनिधिहरु पनि दुईतिर विभाजित भएपछि अचम्मको रमिता निजगढमा देखिएको छ । मुख्य कुरा के हो भने कार्यकारी अधिकृत भनेको कर्मचारी हुन् । उनी राज्यले खटाएको ठाउँमा गएर काम गर्ने व्यक्ति हुन् भने जनप्रतिनिधि आम नागरिकहरुका प्रतिनिधि हुन् । तर निजगढमा भने प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले कर्मचारीले व्यवहार प्रदर्शन गर्न सकेनन । हुन त अहिले उनले मन्त्रालयले थमैति गरेर पठाएको भएर आएको र हाजिरी गर्न पाउनुपर्ने तर्क गरेका छन । तर उनलाई यस्तो तर्क गर्ने नैतिकरुपमा सुहाउदैन । किन भने यसअघि मन्त्रालयले उनको सरुवा बाराको पचरौता नगरपालिकामा गरेको थियो । उनले पहुँको भरमा मन्त्रालयको पहिलो निर्णय उल्टाएर निजगढमा आउने प्रयास गरेका हुन । अहिले मन्त्रालयको पत्र देखाएर निजगढमा हाजिर हुन पाउनुपर्ने माग गर्ने अधिकृत कार्कीले २ दिनअघि मात्रै मन्त्रालयको सरुवा पत्रको उल्लंघन गरेको घटना बिर्से जस्तो छ ।

निजगढका जनताको मन जितेर निर्वाचित नगर प्रमुख सुरत पुरीले आफूलाई असहयोग गरेको भन्दै अधिकृत कार्कीसंग काम गर्न असजिलो हुने बताएका छन । यदि मेयर पुरीले भनेको कुरा सही हो भने कार्कीको निजगढमा फर्किने चष्टा दुष्प्रयास मात्र हुने छ । कुनै पनि पालिकामा मेयरलाई असहयोग गर्ने प्रशासकीय अधिकृतलाई त्यहा बस्न पनि दिनुहुन्छ । त्यसैले निजगढमा देखा परेको विवादको अन्तर्यमा पुगरे निकास खोज्न सकियो भने मात्रै निजगढबासीको विकास र सम्बृद्धिको सपना सकार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here