बर्दिबास । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा नयाँ सरकार गठन र त्यसको स्थायित्वका विषयमा राजनीतिक दलहरूबीच सघन छलफल भइरहेको बताएका छन् र

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका प्रचण्डले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकार गठनका विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिएका हुन् र

उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरूबीच सहकार्य र समन्वय गरेर मधेश सरकारलाई स्थायित्व दिने विषयमा संवाद भइरहेको बताए। यसबारे चाँडै निष्कर्षमा पुग्ने उनको विश्वास छ।

प्रचण्डले आफ्नो पार्टीले सञ्चालन गरिरहेको राष्ट्रिय जागरण अभियानको मुख्य उद्देश्य आन्तरिक सङ्गठनलाई व्यवस्थित र सुदृढ बनाउनु रहेको बताएका छन् ।

उनका अनुसार अभियानमार्फत लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरूबीच आपसी सम्बन्ध, सहकार्य र समन्वयलाई थप मजबुत बनाउने लक्ष्यसमेत राखिएको छ।

Leave a Reply