नरेश गुप्ता
बरियारपुर – कोरोना कोभिड १९ को संक्रमण रोकथाम गर्न बारामा बनाईएको क्वारेन्टाइनमा १९७ र ७ जनालाई आईसोलेसनमा राखी उपचार गर्दै छ । कोरोना कोभिड १९ को महामारी रोकथाम गर्न नेपाल सरकारले लगाएको लक डाउनको ३९ औ दिन बिहिवार सम्म बाराको विभिन्न स्थानीय तहमा बनाईएको क्वारेन्टाइनमा शंकास्पद १९७ जनालाई कोरोना कोभिड १९ को लक्षणहरु चेकजाँचको लागि राखिएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ स्थित कोरोना कोभिड १९ को संक्रमित फेला परे संगै ४३ बर्षिय पुरुष संगको सम्पर्कमा आएको ५ जना र सिमरौनगढ नगरपालिका घर भैइ जितपुर सिमरा उपमहानगरपालिका स्थित मस्जिदमा बसदै आएको ३१ बर्षिय पुरुषको सम्पर्कमा आएको २ जनालाई जितपुर सिमरा उपमहानगरपालिकामा बनाईएको आईसोलेसनमा ७ जनाको उपचार भैइरहेको प्रहरी प्रवक्ता मिश्रले बताए ।
कोरोना कोभिड १९ को संक्रमित थप २ जना बारामा भेटेपछी बाराबासिमा त्रास फैलिरहेको अवस्था लक डाउनको पालनामा कडाई गरिएको छ । लक डाउनको ३९ औ दिन बारामा लक डाउनको अवज्ञा गर्ने ६ जना मानिस र २६ वटा सवारीसाधनलाई कार्वाही गरिएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।


















