हेटोंडा – देशमा हाल कोरोनाका कारण उत्पन्न समस्याहरुको समाधानमा प्रदेश सरकारको भुमिका बढाउनुपर्नेमा सांसदहरुले जोड दिनु भएको छ । आज बागमती प्रदेश सभामा विभिन्न संसदीय समितिका सभापतिहरु सहितको भिडियो कन्फ्रेन्स बैठकमा सहभागि सांसदहरुले जनताले अनुभुति गर्ने गरि प्रदेश सरकारको उपश्थिति आवश्यक रहेको बताउनुभएको थियो । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले आब्हान गर्नुभएको भिडियो कन्फ्रेन्स बैठकमा विभिन्न संसदीय समितिहरुले भिडियो कन्फ्रेन्स बैठकमार्फत गरेका निर्णहरु सार्वजनीक गरिएको थियो ।

 

 

 

प्रदेश सरकारको विपद् ब्यवस्थापन कोषलाई ब्यापक प्रयोग गर्नु पर्नेमा सार्वजनीक लेखा समितिका सभापति न्हुछे नारायण श्रेष्ठले बताउनु भयो ।सासंद विकास कोषको रकम समेत रकमान्तर गरेर विपद्को समयमा कोष बलियो बनाएर राहत वितरण गर्नु पर्नेमा वहाँले जोड दिनु भयो । यसैगरि उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगरले प्रत्येक निर्वाचन क्षेत्रमा सरकारले पर्यटन प्रर्वधनका लागि मेला महोत्सव आयोजनाको लागि छुट्याएको प्रति सांसद ५ लाख रुपैँया राहत कोषमा रकमान्तर गरि स्थानीय तहसँगको समन्वयमा राहत वितरण गर्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

 

 

 

भिडियो कन्फ्रेन्स बैठकमा सहभागिता जनाउनुहुदैँ अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले प्रदेश सरकारले राहत वितरणमा प्रभावकारीता देखाउनु पर्नेमा जोड दिनुभयो । लकडाउन पछि शिथिल हुने अर्थ ब्यवस्थालाई सम्बोधन हुने गरि सरकारले कार्यक्रम तय गर्नुपर्नेमा वहाँले जोड दिनुभयो ।त्यस्तै शिक्षा , स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल तथा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले सरकारले जनतालाई प्रदेश सरकारको प्रत्याभुत गराउन सरकारले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिनु भयो । यसैबिच भिडियो कन्फ्रेन्स बैठकमा सहभागिता जनाउनुहुदैँ बागमती प्रदेश सभाका उपसभामुख राधिका तामाङले वास्तविक पिडितहको पहिचान हुन नसकेको बताउनु भयो ।

 

 

 

 

 

 

 

लकडाउनले गर्दा काम गर्न नसकेका मजदुरहरुलाई प्रदेश सरकारले विशेष सुरक्षा विधि अपनाएर मात्रै घर पुग्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । यसैबिच उपसभामुख तामाङले प्रदेश सरकारमार्फत खटिएका स्वास्थ्य स्यम्ंव सेविकाहरुलाई पिपिईको ब्यवस्था गरेर कोरोनाको रोकथाममा परिचालन गर्नु पर्ने बताउनुभयो । प्रदेश सरकारले चिकित्सक , सफाईकर्मचारी , एम्बुलेन्स चालक , सुरक्षाकर्मी लगायतलाई प्रोत्साहन गर्न समेत वहाँले आग्रह गर्नुभयो ।बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाका समितिहरुको बैठक भिडियो कन्फ्रेन्स मार्फत हुदाँ सासंदहरुबिच अन्र्त्क्रिया हुदाँ समग्र प्रदेशको वस्तुस्थितिको विषयमा जानकारी रहने र प्रदेश सरकारलाई समेत उत्तरदायि बनाउने हुनाले बैठक आयोजना गरिएको बताउनु भयो ।

 

 

 

 

वहाँले विपद्को समयमा सरकारको थप भुमिका र जनताको सरकारप्रति आशा समेत रहेको हुनाले सरकार थप जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो । यसैबिच बागमती प्रदेश सभामा आईतबार कृषि तथा वातावरण समिति , सोमबार उद्योग पर्यटन वन तथा वातावरण समिति र प्रदेश मामिला समितिको बैठक भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न भएको प्रदेश सभा बागमती प्रदेश सभाका सचिव कृष्णहरी खड्काले जानकारी दिनुभयो ।

Leave a Reply