बर्तमान सरकारले कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न लकडाउन गरेको एक महिना पूरा भएको छ । गएको चैत ११ गतेदेखि लकडाउन भएको थियो । पछिल्लोपटक थपिएको लकडाउन यही १५ गतबाट सकिँदै छ । राजधानीमा बसोबास गर्दै आएका अधिकांश नागरिक लकडाउन तोड्दै घर जान थालेका छन् । उपत्यकाबाट बाहिरिने नाका–नाकामा घर जानेको ताँती लाग्न थालेको छ । यति बेला आफ्ना कार्यकर्तालाई घर पु¥याउन मन्त्रीदेखि सांसद र नेताहरू बसपार्कमै पुग्न थालेका छन् ।

 

 

एक त सरकारले कलडाउनमा कडाइ गर्ने भनिरहेको छ भने अर्कोतिर नेताहरू आफ्ना कार्यकर्तालाई घर पु¥याउनुपर्ने भन्दै बसपार्कमै धाउन थालेका छन् । यो क्रम विगत चार दिनदेखि जारी छ । उपत्यकाबाट बाहिरिन खोज्ने जनता नेपाली नै हुन् । कसैलाई पनि भेदभाव गर्नु उचित हुँदैन । तर, अधिकांश मन्त्री र नेताहरूले आफु निकटका व्यक्ति वा भोटरलाई छानी–छानी बोलाएर बस चढाएका छन् । अहिले कोटेश्वर, कलंकी, बल्खु, बालाजु लगायतका काठमाडौंका नाकामा घर जाने नागरिकको भीड लाग्न थालेको छ ।

 

मानौं, दशैंमा उपत्यका छाडेर घर जाने क्रम जारी रहेको होस् । यसरी आफ्ना कार्यकर्तालाई मात्र घर जाने व्यवस्था गर्दा स्वतन्त्र रूपमा बस्दै आएकालाई समस्या परेको छ । हरेक दिन बेलुका घर जान बसपार्क धाउने गरेका मजदुरलाई नेता आफैंले बसपार्कमा बोलाएका हुन्छन् । अब कोरोना संक्रमणको खास ठाउँलाई शील गरी अन्य ठाउँको लकडाउन खुकुलो बनाउदा ठीक होला जस्तो लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here