डाेटी – उच्च अदालत दिपायल राजपुरले सांसद रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

बिहीबार राति उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरी र अरु सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि थारुलाई जिल्ला अदालत कैलालीले धरौटीमा छोडेको थियो ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै निर्णय सदर गरेको हो ।

उच्च अदालत दिपायल राजपुरका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टिकापुर घटनामा दोषी देखिएका चौधरी र थारुलाई जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै फैसला सदर हुने भन्दै फैसला सुनाएको हो ।मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको फैसला सुनाएपछि यस आदेश विरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर गएका थिए । चौधरी थुनामै रहेको समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here