नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बुधवारबाट भारतको औपचारिक भ्रमण सुरु गरेका छन् । भारत नेपालको असल छिमेकी देश हो यद्यपि भारतले नेपाललाई हेप्ने र हेंला गर्ने गरेको भन्दै भारतमथि बेला बेलामा विभिन्न आरोपहरु लाग्ने गरेको छ । पछिल्लो समय भारतले सार्वजनिक गरेको नयाँ नक्साका विषयमा पनि विवाद भएको छ । भारतले नेपाललाई हेपेको भन्दै नेपालमा समेत आलोचना भएको छ ।प्रधानमन्त्रीमा गत पुस १० गते नियुक्त भएका दाहालले पहिलो पटक भारत भ्रमण गर्दैछन् र उनको पहिलो बिदेश भ्रमण पनि भारत नै भएको छ । त्यसो त नेपाल प्रधानमन्त्रीहरुले पहिलो बिदेश भ्रमण भारत गर्ने प्रचलन नै छ । त्यही भएपनि दाहालले पहिला भारत जाने निर्णय लिएका होलान् । यद्यपि यो भ्रमणलाई अलि अर्थपूर्ण रुपमा हेरिएको छ.।भारत र नेपालबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कस्तो नीति लिनेछन् अनि उनीहरुका बीचमा कस्तो संझौता हुनेछ भन्नेमा पनि चासो लिइएको छ ।भारत र नेपालबीचको सम्बन्ध निकै प्रगाढ रहेकाले पनि यो भ्रमण दुबैका लागि हितकर हुनेगरी संझौता र सहकार्य हुनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here