कृपा संवाददाता
कलैया, ०९ बैशाख । लागतार तिन दिन देखि हावाहुरी, असिना तथा पानी परेकाले बाराका कृषकले गराएका गहु तथा मकै नष्ट भएका छन् । बाराको महागढीमाई –९ का किसाान रामेश्वर दासले डेढ बिगहामा लगाईएका मकैबाली आँधि हुरीसँगै परेको असिना पानीले गर्दा नष्ट भएको छ । शुु्क्रबार राति हुरीसँगै असिना पानीले मकैबालीमा क्षति पुर्याएको थियो । पुनः सोमबार राति पनि ठुुलो वेगले आएको हुरी पानीले बाँकि रहेका बचेका मकै पनि सखाप बनाएको हो ।

 

 

मकैमा बल्ल घोघा लाग्दै थिए । शितलहर र चिसो मौसममा घोघामा दाना नलाग्ने डरले अलिक पछाडी मकै रोपिएको थियो । यसरी सम्पुर्ण लगानी डुब्ने भएपछि किसान मर्माहत भएका छन् । सिंचाईको लागि पानी ,बीउ र मल्लको अभावमा जसोतसो गरि मंहगी खप्दै नगदे बालीको रुपमा मकै लगाईएको कृषकहरुको भाई रहेको थियो । बोट र बाला हेर्दा यसपाली मनग्य हुने उत्पादनबाट आम्दानी पनि मनग्य गर्नेे आशमा बज्रपात भएको किसान दासको पिडादायी भनाई रहेको थियो । उनिसँगै बाराका अन्य किसानको मकैमा क्षति पुगेको छ । सरकारले क्षतिपुर्ति दिई किसानको अघात पिडामा मलहम लगाउनु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here