कलैया,निर्वाचन आयोगले बाराका पनि १६ वटै स्थानीय तहका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
निर्वाचन आयोगको जिल्ला कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा टिकामणी न्यौपाने, कोल्हबी नगरपालिकामा रमेश श्रेष्ठ, निजगढ नगरपालिकामा शम्भुप्रसाद बराल, महागढीमाई नगरपालिकामा टिकाराज पोखरेल, सिम्रौनगढ नगरपालिकामा मनोजप्रसाद गुप्ता, पचरौता नगरपालिकामा नीरबहादुर दाहाल, परवानीपुर गाँउपालिकामा मेघनाथ रिमाल, आदर्शकोतवाल गाँउपालिकामा नवराज जोशी, करैयामाई गाँउपालिकामा जुद्धबहादुर आले, देवताल गाँउपालिकामा राजनकुमार बिसी, बारागढी गाँउपालिकामा राजेन्द्रप्रसाद पौडेल, सुवर्ण गाँउपालिकामा शम्भुप्रसाद रेग्मी, प्रसौनी गाँउपालिकामा देवकुमार बराल, फेटा गाँउपालिकामा गोपिकृष्ण रेग्मी र विश्रामपुर गाँउपालिकामा गणेशबहादुर अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
पर्सामा पनि स्थापना
वीरगन्ज,
निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि पर्सा सहित देशैभरका सबै स्थानीय तहहरुमा निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन आयोगले पर्सा सहित ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकिएको जानकारी दिएको छ ।
यस्तै पर्साका १४ वटा स्थानीय तहका लागि पनि निर्वाचन आयोगले निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ । जसअन्तर्गत वीरगन्ज महानगरपालिकामा पर्सा जिल्ला अदालतका न्यायाधिश धर्मराज पौडेलले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनु भएको छ ।
त्यसैगरी बहुदरमाई नगरपालिकामा उच्च अदालत हेटौँडा इजलासका उपरजिस्ट्रार कैलाशप्रसाद भट्टाराई, पोखरिया नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता पदमबहादुर कार्की, पर्सागढी नगरपालिकामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका उपरजिस्ट्रार केशवप्रसाद पौडेलले मूख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनु भएको छ ।
त्यस्तै पटेर्वासुगौली गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका उप–सचिव गौतम भण्डारी, ठोरी गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालयका उप–सचिव शिवराज न्यौपाने, जिराभवानी गाउँपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप–सचिव झविन्द्रप्रसाद पाण्डे, कालिकामाई गाउँपालिकामा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश कोइराला, सखुवा प्रसौनी गाउँपालिकामा महान्यायाधिवक्ता कार्यालय बागमती प्रदेशका उपन्यायाधिवक्ता सूर्यप्रसाद पौडेल, विन्दवासिनी गाउँपालिकामा पर्सा जिल्ला अदालतका सेस्तेदार अरुणकुमार कोइराला, पकाहमैनपुर गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालयका उप–सचिव क्रिषणप्रसाद देवकोटा, धोविनी गाउँपालिकामा सरकारी वकिल कार्यालय वीरगन्जका उपन्यायाधिवक्ता कैलाश दाहाल, जगरनाथपुर गाउँपालिकामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव हिरा न्यौपाने र छिपहरमाई गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत मुकुन्द निरौलालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।