नेपालका मात्रै होइन अहिले सारा बिश्वका नागरिकहरु त्राहीको अवस्थामा रहेका छन् । बिश्वका नागरिकहरु त्राही त्राही भइरहेका छन् कोरोनाका कारण । कोरोना संक्रमितहरु दिनदिनै बढिरहेका छन् नेपालमा सर्तकता अपनाइउको छ तर यसै भन्न सकिने अवस्था छैन । कोरोनाको त्रासपछि नेपाल लकडाउनमा गएको पनि तीन हप्ता लगभग पुग्न लागेको छ । लकडाउनका कारण केही नागरिकहरुको दैनिकी कष्टकर बनेको कुरा सार्वजनिक भएपछि राहत बितरणमा सरकारले नीति बनायो ।
तर,राहत बितरणको शैली हेर्दा लाग्छ यो कुनै राजनीतिक दलको चुनाव प्रचार गर्ने मौका हो । अझै बारामा राहतको नाउमा कुहिएको खाद्यान्न नागरिकहरुलाइ दिइएको छ भने काठमाडौंमा घाँटीमा सुनका सिक्री गालामा लगाउनेहरु राहतको लाइनमा बसेका छन् भने हेटौंडाको कुरा गर्दा जनप्रतिनिधिहरु चुनाव प्रचारको सुनौलो अवसर जसरी हेरेका छन् । यदी कोरोनाका संक्रमण फैलिएको भए यो राहतका कारण पनि धेरैले ज्यान गुमाउने निश्चित थियो ।
राहत बितरण अव अवश्यक छ । यसमा कुनै विवाद र टिप्पणी पनि नगरौं तर राहत बितरण्को शैली हरेक ठाउँको एकदमै भद्रगोल र कोरोना भित्राउने खालको छ । विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डको खिल्ली उडाएर राजनीतिक दलहरु आफ्नो तालमा हिँडिरहेका छन् जसले राहतमा राजनीतिक भएको स्पष्ट आभास हुन्छ । अझै राहत पाउनेहरुको सूचिमा आफ्ना कार्यर्का मत्रै पर्नु र पारिनु,मानवीयताको ध्वज्जी उडाउने जस्ता कारणले पनि राहत वास्तवमा राजनीति गर्ने बाहना सहित कोरोनाको संत्रास फैलाउने बाटो भएको छ ।