आरके चौधरी

सखुवाप्रसौनी,सशस्त्र प्रहरीले प्रतिबन्धित कुखुरा बरामद गरी नष्ट गरेको छ । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटांगास्थित बागेश्वरी बेस क्याम्प तित्रौनाबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिएको टोलीले १७५ किलो बोइलर कुखुरा बरामद गरेको हो ।बिआर २२ एएफ २७११ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी अवैध रुपमा भारतबाट ल्याएर जितपुरतर्फ जाँदै गरेको अवस्थामा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताउनुभयो । उहाँका अनुसार बरामद कुखुरा ५० हजार २१६ रुपैयाँ मूल्य बराबरको थियो ।सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकल र कुखुरा छोडी फरार भएका थिए । बरामद कुखुरालाई पर्सागढी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नवलकिशोर प्रसाद कलवार, स्थानीय बुद्धिजिवी, सञ्चारकर्मी लगायतको रोहबरमा नष्ट गरिएको छ ।

Leave a Reply