अनिल तिवारी
सिमरा – भिमेश्यवर सामुदायीक बन समितिले जीतपुरसिमरा उपमहानगरपािलका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाका विद्यार्थीहरुलाई स्वच्छ पानी खाने समाग्री (डिस्पेन्सर) वितरण गर्ने भएको छ । शनिवार विद्यालय ब्यवस्थापन समिति सहित विभिन्न सरोकारवालाहरु संगको अन्तरकृया कार्यक्रममा यस समितिले आफ्नो समाजीक उत्तरदायीत्व अन्तरगत सो सहयो गर्ने प्रतिबद्धता गरेको हो ।
पर्सा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति अन्तरगत रहेको यस भिमेश्यवर सामुदायीक बन समितिले करिब एक लाखको लागतमा विद्यालयमा सो सहयोग समाग्री जडान गराउने भएको छ । विद्यालयको नयाँ शैक्षिक सत्र शुरु हुनु पुर्व निमार्ण गरी सक्ने गरी काम अगाडी बढाउने समितिका अध्यक्ष पेशल कुमार मुल्मीले जानकारी दिनुभएको छ । उहाँले यो यन्त्रको जडान पश्चात जाडोमा विद्यार्थीका लागि तातो पानी र गर्मीमा चिसो पानीको ब्यवस्थापन गर्ने जानकारी दिनुभएको छ ।
यसैगरी विद्याथीको पठनपाठनलाई मर्यादित बनाउन विद्यालयमा सि.सि. क्यामरा जडान गर्न प्रमोद श्रेष्ठको संयोजकत्वमा ५ सदस्य उपसमिति चयन गरीएको छ । घटिमा १० ओटा सि.सि. क्यामरा जडा गर्ने उद्धेश्य सहित आर्थिकका साथै जडान कार्य सम्मका लागि यो समिति चयन गरीएको विद्यालय श्रोतले जानकारी दिएको छ । क्यामरा जडान पश्चात विद्यार्थीको पढाईका साथै विद्यालयका प्रत्येक कक्षा कोठामा हुने गरेको गतिबिधिको बारेमा जानकारी गर्न सहज हुने विद्यालयका प्र.अ. शम्भु मण्डलको बुझाई छ ।