विदुर खडका

डुमरवाना,अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र नहुँदा जिल्लाका अधिकांश अपाङ्गता भएका व्यक्तिहरु सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएका छन । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का सत्यनारायण चौधरीका दुई छोरा र सोहि वडाकी सेतिमाया बस्नेतकी छोरी सीता बस्नेतको मनोसामाजिक अपाङ्गता भएर पनि परिचय पत्र नहुदा भत्ता पाउनबाट बन्चित हुनु परेको अभिभावक सोभा बस्नेतले बताउनुभयो । आर्थिक अवस्था अतिकमजोर भएका चौधरी र बस्नेत परिवारलाई मनोसामाजिक अपाङ्गता भएकाहरु दुबैको रेखदेख र लालनपालनको समस्याले सताएको छ । अपाङ्गता भएका व्यक्तिहरुको समस्याप्रति नेपाल अपाङ्ग सेवा संघ बाराका अधिकारी र संञ्चारकर्मीहरुले चासो देखाएपछि हाल राहत महसुस भएको अभिभावक बस्नेतले बताउनु भयो ।

चौधरी र बस्नेत परिवार प्रतिनिधि पात्र भएपनि बारा जिल्लामा यसरी पहुँच नभएकै कारण परिचय पत्र बनाउन नसकेर समस्या परेका व्यक्तिहरुको संख्या ठुलो हुन सक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here