सिकिन्द्र साह

सिम्राैनगढ –  बाराकाे  पचरौता नगरपालिका वडा नम्बर ४ बस्ने वकिल कुमार यादवले लकडाउनकाे बेलामा बजारकाे रेटभन्दा बढी मूल्य लिइरहेकालाइ पक्राउ गरेका छन् । यादव  बिगत दुई बर्ष देखि किराना पसल थपि काम गर्दै आइरहेको थियाे । साेही  किराना पसलमा फाेटाे कापी मेसिन समेत राखेका थिए । काेराेना भाइरसका कारण लकडाउन जारी रहेकाे छ ।

लकडाउन जारी भएकाले दैनिक ज्याला मज्दुरी गर्नेहरुका लागि अहिले स्थानीय सरकारले राहत बितरण गर्ने तरकरमा छन् । तर यादवले  सरकारी कागजात राहत बितरण गर्ने निर्देशिका फारम एक सय पचास रुपियामा बिक्रीवितरण गर्ने  क्रममा पक्राउ परेका छन् । बिश्वमा महामारीको रूपमा फैलिएको काेराेना भाइरसले गर्दा र लक डाउनकाे कारणले गर्दा गरिब र असहाय ब्यक्तीलाई सहयोग गर्नुको साटाे  निशुल्क फरमलाइ फाेटाेकपी गरी एक सय पचास रुपैया लिएकाले पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

नम्बर ४  र ५ को राहत बितरण गर्ने निर्देशिका फारम फाेटाे कापि गरि एक सय पचास रुपैया बेचिएको अवस्थामा स्थानियहरुले गुनासो गरेपछि ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टाेलिले पक्राउ गरि अनुसन्धान गरिरहेकाे प्रहरी निरीक्षक सुरेन्द्र तमाङले बताएका छन् ।  संघ,  प्रदेश तथा स्थानीय सरकारले जारी गरेकाे राहत बितरण गर्न निर्दशिका फारम तथा लक्षित परिवार बिवरण संकलन फारम अनुशुचि १ दफा ३ संग सम्बन्धित निसुल्क दिने कार्यमा पैसा लिएकाेले स्थानिय बासिन्दा  सराजुल मियाँ मङनि महताेले नगरपालिकाकाे प्रसाशन कार्यालयमा उजुरी समेत दिएकाे हाे भने समेत बताएका थिए ।

पक्राउ परेकाे वकिल प्रसाद यादवले नगरपालिकाकाे वडा नम्बर ४ र ५ काे कार्यालय अगाडि गैरकानुनी रुपले गरेकाे कार्य प्रति कडा भन्दा सजाय स्थानिय बासिन्दाहरुले माग समेत गरेकाे स्थानिय बासिन्दा खलिल मियाले बताए ।

Leave a Reply