नरेश गुप्ता
बरियारपुर –  नेपाल सरकारले लगाएको लक डाउनको अवज्ञा गर्दै कोल्हबी नगरपालिकामा सिपमुलक तालिम दिन खोज्ने २ जना पक्राउ  परेको छन । स्थानीय महिलाहरुलाई भेला गराई सिलाई कटाई सम्बन्धि तालिम दिन खोज्ने महागढीमाई नगरपालिका  १ निवासी प्रमोद राम र महागढीमाई नगरपालिका  ६ बबुवाईन निवासी चानसी चौरसियालाई पक्राउ  गरिएको बाराको प्रहरी  नायब उपरीक्षक  गौतम मिश्रले बताउनु भयो ।
पक्राउ  परेको दुबैजनाले स्थानिय महिलाहरुलाई भेला गराई सीप सम्बन्धि तालिम दिन खोजिरहेको बेला स्थानियले खबर गरेपछी ईलाका प्रहरी  कार्यलय कोल्हबिको टोलिले उनिहरुलाई नियन्त्रणमा  लिइएको  थियो । कोरोना कोभिड १९ को संक्रमण रोकथाम गर्न भिडभाड  नगर्न , भेला नगर्न जिल्ला  प्रशासन  कार्यलय बाराको लक डाउनको अवज्ञा गरेकोले पक्राउ  परेको दुबै जना विरुद्ध सार्वजनिक हित बिरोधको अपराध मुदा अन्तर्गत अभद्र ब्यवहारको मुदा दर्ता गरिएको प्रहरी  प्रवक्ता  मिश्रले  बताउनु भयो । उनिहरुलाई ७ दिनको म्याद थमाई अनुसन्धान  भैइरहेको बाराको प्रहरी  प्रवक्ता  गौतम  मिश्रले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here