अनिल तिवारी
बारा, १ मंसिर । बारामा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम कसैले रोकेर नरोकिने संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले बताउनुभएको छ । बारामा निर्माण हुने भनिएका क्षेत्रको आईतवार निरिक्षण गर्दै मन्त्री भट्टरार्ईले सरकारको मुख्य प्राथमिक्तामा रहेको यस योजनालाई कसैले रोक्न नसक्ने बताउनुभएको हो ।

 

विमानस्थलको कामलाई प्रभावित बनाउन अनेकौँ बहाना र प्रयास भईरहेको तर्फ सरकार सचेत रहेको भन्दै मन्त्री भट्टरार्ईले छिटो भन्दा छिटो यसको कामलाई अघि बढाउने मन्त्रालनय प्रतिबध रहेको बताउनुभयो । विमानस्थल निर्माण गर्नका लागि बाराका स्थानियपनि उत्साहित रहेको बताउँदै उहाँले यस योजनालाई अगाडी बढाउन आफुलाई थप उर्जा मिलेको जानकारी दिनुभयो । साथै विमानस्थलका लागि आफ्नों बसोबास छोड्न तयार स्थानीयको पुर्नवासको ग्यारेन्टी गरेर मात्रै विमान स्थल निर्माणको काम बढाईने प्रतिबद्धता व्यक्त समेत गर्नुभएको थिया ।

 

मन्त्री भट्टरार्ईले पर्यटन मन्त्रालयले तयार गरेको विमानस्थल सम्बन्धी वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन वन मन्त्रालयमा पठाएको र छिट्टै मन्त्री परिषदबाट प्रतिवेदन स्विकृत गरी काम अघि बढाईने जानकारी दिनुभयो । बारामा बन्ने विमानस्थलको विकल्प अन्य विमानस्थल हुँन नसक्ने भन्दै यसका निम्ति राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको मन्त्री भट्टराईले बताउनुभयो ।

 

उहाँले काठमाण्डौं तराई जोड्ने द्रुत मार्ग र विमानस्थलको अन्तर सम्बन्ध रहेका कारण यसको विकल्प सोच्ने भन्दा पनि यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न सबै राजनितिक दल र सरोकारवाला गम्भिर हुनु पर्ने कुरामा जोडदिनुभयो ।

 

स्थलगत भ्रमणसंगै कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत भण्डारीको सभाअध्यक्षतामा आयोजीत अन्तरकृया कार्यक्रममा राज्य मन्त्रि मन्त्रालयका प्राविधिक टोलीका साथै संघीय सांसद उमाकान्त चौधरी, रामसहाय यादब, प्रदेश सांसद ज्वाला साह, नेकपाका केन्द्रिय सदस्य बलबरि चौधरी, अच्युत मौनाली, गोपाल ठाकु, तिनै स्थानीय सरकारका प्रमुख सहित जनप्रतिनिधि, योजना प्रभावित बस्तीका स्थानीय लगायत सहभागीता रहेको थियो ।

Leave a Reply