नरेश गुप्ता
बरियारपुर – लक डाउनले मर्माहत भएका बेरोजगार अति बिपन्न घरपरिवारलाई आर के ग्रुप ओफ कम्पनीले महागढीमाईमा राहत बितरण गरेको छ । आर के ग्रुप अफ कम्पनिको राजेन्द्र प्रसाद र उनकी श्रीमती कुन्ती देबिले स्थानीय गरिब परिवारलाई खाधान्न सामग्री , तेल , नुन , साबुन लगायतको सामग्री बितरण गरिएको आर के ग्रुप कम्पनीको रमेश कुशवाहाले बताए ।
समाजिक सेवा नै आफ्नो प्रमुख लक्ष्य रहेको आर के ग्रुप कम्पनीले स्थानीय स्तरमा र मलेशियामा पनि आर के ग्रुप को नाममा ब्यवसाय संचालन गर्दै आएको कुशवाहाले बताए । महागढीमाई नपा १ र २ को दलित ,असहाय , गरिब घरपरिवार लगभग ६०० जनालाई राहत सामग्री बितरण गरिएको छ । लक डाउनले जन जीवन कष्टकर भैइरहेको अवस्थामा महगढीमाई नपा ३ र १० मा पनि स्थानिय असहाय घरपरिवारलाई राहत सामग्री बितरण गरिएको वडा अध्यक्ष चन्दन साहले जानकारी दिनु भयो ।
त्यसैगरी कलैया उपमहानगरपालिका ७ पनि अति बिपन्न घरपरिवारलाई नगर प्रमुख राजेश राय यादवले राहत सामग्री बितरण गरिएको छ । नेपाल सरकारले कोरोना कोभिड १९ रोकथामको लागि देश भर लगाईएको लक डाउनले मजदुर , स्थानिय जिवनयापन गुजरा गर्ने बेरोजगार , असहाय गरिब घरपरिवारलाई घाउमा मलहम लगाउने काममा हामी सहयोग गर्ने नगर प्रमुख राजेश राय यादवले बताउनु भयो ।