नेकपा एमालेका उपाध्यक्ष सुभास नेम्वांगको गत भदौ २५ गते निधन भएपछि इमालको क्षेत्र नम्बर २ मा उपचुनाव हुदैछ ।
बैशाख १५ का लागि तोकिएको उपचुनावका लागि मुख्य दलहरुले जित्ने गरी रणनीति बनाएको देखिन्छ । हार जित पछिको कुरा हो तर यस पटकको उपनिर्वाचन भने रोचक नै हुने देखिन्छ र अबको निर्वाचन यसरी नै हुनुको विकल्प पनि छैन ।
यसरी भनेको चैं गठबन्धन नभइकन हो । सरकारमा गठबन्धन भएपनि सत्तारुढ दलहरुले चुनावी गठबन्धन बिना नै आआफ्ना उम्मेदवार घोषणा गरेका छन् र केही दलहरु उम्मेदवार घोषणा गर्ने क्रममा पनि छन् । यो भनेको अब इलाममा मतदातामा सिण्डीकेट लागु हुने छैन ।
त्यहाँका नागरिकहरुले जसलाई मन पराछन् उसलाई मत दिनेछन् । सबै पार्टीको उम्मेदवार भएपछि उनीहरुका कार्यकर्ताहरुले पनि आफ्ना उम्मेदवारलाई मत दिन पाउनेछन् । जसले बढी मत ल्याउने अनि उसैले जित निकाल्ने त निश्चित छ ।
यसअघिका चुनावमा खासगरी सत्तामा रहेका दलहरुले गठबन्धन गर्दा मतमा समेत सिण्डीकेट खडा गरिएको थियो । चुनाव चिन्ह नै नभएपछि मतदाताहरुले आफूले मन पराएका उम्मेदवारलाई मत दिन पनि पाएका थिएनन्  ।
तर, यसपाली फरक भएको छ । सबै दलले उम्मेदवार दिएकाले पनि यस पटकको उपचुनाव रोचक नै हुनेछ । जित त एकको हुनेछ, कसले जित्नेछ त्यो त मत परिणााम आएपछि थाहा भइ नै हाल्नेछ ।
चुनावमा नयाँ दलले जिते त्यसको संदेश फरक होला पुरानाले जिते भने उनीहरुको उत्साह पनि फरक होला तर अब चुनावमा गठबन्धन गर्न हुन्न र त्यो आवश्यक छैन भन्ने कुरा इलामको चुनावले संदेश दिएको छ । यसपालि यो चैं नीति ठीक छ ।

Leave a Reply