राजन कुमार बानिया

पोखरिया – कोरोना भाईरस बिरुद्ध भारतमा लगाइएको जनता कर्फ्युका कारण भारतीय पक्षले आवागमनमा रोक लगाएपछि बिहार संग सीमाना जोडिएको भिस्वा ,ईनार्वा ,जानकिटोला , भिखनाठोरी , ठोरी, भंगहा, बलुवा, मैनाटाड ,भेडिहर्नवा, बलथर ,बुढगाई ,भेलाही धोरे,प्रसौनीभाठा,सिसवा , अमरपटी, नाका सुनसान भएको छ भारतको नाका बिहानैदेखि ठप्प भएपछि नेपालबाट भारत जाने र उताबाट आउने क्रम रोकिएको छ ।

 

 

 

 

नाकामा सीमित प्रहरी र स्वास्थ्यकर्मीमात्रै छन् । सर्वसाधारणको आवागमन ठप्प रहेको देखिएको छ । जनता कर्फ्युका कारण नेपालसंग सिमा जोडिएका नाका बिहानै देखि पुर्णरुपले बन्द रहेको छ । नाका बन्द हुँदा कोरोनाको संक्रमण भित्र्न नसक्ने भन्दै बोर्डर आउट पोस्ट भिस्वा बंजारी र प्रहरी चौकी भिस्वाको संयुक्त टोलीले निगरानी अपनाएको सशस्त्र प्रहरी निरिक्षक हरि पराजुलीले बताए । सिमा क्षेत्रहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिनभरि बोर्डरमा गस्ती बढाएको थियो ।

Leave a Reply